यातायात व्यवस्था सेवा कार्यालय, भैरहवा आर्थिक वर्ष २०७१/०७२ देखि रुपन्देही जिल्ला स्थित भैरहवामा स्थापित कार्यालय हो । वर्तमान संबिधानको धारा ५७(२) र अनुसुचि ६ अनुसारको प्रदत्त अधिकार बमोजिम लुुम्बिनी प्रदेश सरकारको मातहतमा रहेको यस कार्यालयले देहाय बमोजिम सेवा प्रवाह गर्दै आईरहेको छ ।
१. सवारी साधनको कर असुली र नबिकरण
२. विदेशी सवारीको अनुमति प्रदान
३. नेपाली स्थायी तथा अस्थायी पटके अनुमति प्रदान
४. सवारी जाचपास
५. सवारी प्रदुषण जाचपास